कविता : समाज र म !

बिपना गान्धारी

म फुल्न नपाई टिपिन्छु
र त, फुल्न डराउनु परेको छ

म सुन्दर बनेर हिँड्दा मेरो सुन्दरतामाथि नै प्रहार हुन्छ
र त, सुन्दर बन्न पनि डराउनु परेको छ

खुलेर हाँस्दा मेरो हाँसोमाथि प्रश्न उठाइन्छ
म हाँस्न नै भुलिरहेछु
देवीको मूर्ति पुजिन्छ अनि छोरीको अस्मिता लुटिइन्छ
म मेरो अस्तित्व नै भुलिरहेछु

निर्मला र सम्झनालाई सम्झी
एकान्त र भिडभाडमा कराइरहेछु

पढाइ, लेखाइमा रमाउँदै सफलताको शिखर पुग्ने म
नाइँनाइँ भन्दै आफैंसँग कराइरहेछु

दिदीबहिनी लुट्ने बलात्कारी देख्दादेख्दै पनि
आँखामा चस्मा लगाइ त्यसकै पछि डुलिरहेछु

आमा, दिदीबहिनीहरुले न्यायको पक्षमा आवाज उठाउँछन्
मेरै लागि हो भनी म हर्षले डुलिरहेछु

वर्ष, महिना, दिनमात्र होइन युग नै फेरिँदा पनि
समाज फेरिने आशाको दियो बालिरहेछु
परिवर्तनको किरण पर्खिरहेछु ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार