झापा । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ ।
उनको यो पाँचौँ कृति हो । कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । विसं २०७३ मा ‘जीवनको गति’ पुस्तकबाट उनले कृति लेखन कार्य शुरु गरेको हो ।
मनको कैदी मनको परिधिभित्र लेखिएको कथासङ्ग्रह हो भन्दा फरक पर्दैन । पुस्तकमा सङ्गृहीत १३ वटा कथा सबै नै मनोवैज्ञानिक शैलीका छन् । मान्छेका मनमा उर्लिएका भावना र विचारको मेल नै यो कथा सङ्ग्रहको सार हो । मान्छे नबुझी कथा लेख्न सकिन्न र मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख्ने लेखकले मनको कैदी पुस्तकमा अनौठो प्रयोग गरेको छ ।
त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, जसलाई नेपाली साहित्यमा अलग्गै प्रयोगका रूपमा लिइएको उनका दाबी छ । मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुझाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ । उनको यसअघि प्रकाशित मनोनेट कथासङ्ग्रह पनि त्यही मनको सिद्धान्तमा आधारित थियो । त्यो किताबले धेरै मान्छेको मन जित्यो । उनको यस कृतिमा पनि मनोनेट शैली नै झल्किन्छ तर अर्को रूपमा ।
लेखक भन्छन्, “खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ । म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ ।” मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाको प्रकटीकरण उनकोे लेखाइको मूल पक्ष हो ।
–
समाचार
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार
घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ
कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
आज दिउँसो १ बजे सारियो संसद बैठक
शेयर बजारमा ४६.७६ अंकको उछाल, पाँच अर्ब बढीको कारोबार
सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी १४ सय नजिक
प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज बस्दै
गृहले माग्यो देशभर खटिएका ‘सिभिल’ प्रहरीको विवरण
अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको प्रचण्डको दाबी
सरकारले विश्वासको मत पाउने ओलीको विश्वास